डाक्टर गोविन्द केसीका माग तत्काल सम्बोधन गर्न सम्पादकहरुको अपिल

काठमाडौं,साउन ६ । विभिन्न मुलधारका मिडियामा आवद्ध अधिकांस सम्पादकहरुले डा. केसीको सत्याग्रहप्रति ऐक्यवद्धता जनाउँदै उनका माग अविलम्ब सम्बोधन गर्न सरकारसंग जोडदार माग गरेका छन् ।

विभिन्न अनलाइन तथा दैनिक पत्रिकाका सम्पादकहरुले सामूहिक रुपमा डा. केसीलाई भेट गरी सत्याग्रहप्रति ऐक्यवद्धता जनाएका छन् । चिकित्सा शिक्षा सुधारको माग गर्दै डा गोविन्द केसी २३ दिनदेखि आमरण अनशनमा छन् ।

पटक पटकको अनशन र लम्बिदो उपक्रमले डा केसीको जीवन नै संकटमा परेको भन्दै तत्काल केसीका माग सम्बोधन गरी केसीको जीवन रक्षा गर्न सम्पादकहरुले माग गरेका हुन् ।

सेतोपाटीका प्रधान सम्पादक अमित ढकाल, नयाँ पत्रिका दैनिकका प्रधान सम्पादक कृष्णज्वाला देवकोटा, बाह्रखरीका कार्यकारी सम्पादक गोविन्द अधिकारी, कान्तिपुर दैनिकका प्रधान सम्पादक नाारायण वाग्ले, हिमालका सम्पादक किरण नेपाल, बाह्रखरीका प्रवन्ध सम्पादक राजेश केसी, बाह्रखरीका प्रधान सम्पादक प्रतीक प्रधान, वरिष्ठ पत्रकार सुधीर शर्मा, रिपब्लिका दैनिकका सम्पादक सुवास घिमिरे, नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइटेल, वरिष्ठ पत्रकार अखिलेश उपाध्याय, अन्नपूर्ण पोस्टका सम्पादक राजाराम गौतम, द हिमालय टाइम्सका प्रधान सम्पादक प्रकाश रिमाल, कान्तिपुर टेलिभिजनका प्रधान सम्पादक प्रशान्त अर्याल शिक्षण अस्पताल पुगेर ऐक्यवद्धता जनाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *