सानिमा बैंकको बचत खातामा महिला ग्राहकहरुलाई विशेष उपहार

काठमाडौँ, साउन ६ । सानिमा बैंकले श्रावण महिनाको हरेक सोमबार बचत खाता खोल्ने महिला ग्राहकहरुलाई विशेष उपहार दिने योजना ल्याएको छ ।

यो योजना अन्र्तगत सानिमा बैंकको मुख्य कार्यालय नक्साल लगायत देशै भरीका ७३ शाखाहरुबाट महिला ग्राहकहरुलाई विशेष उपहार प्रदान गरिने छ ।

यो योजना श्रावण,२०७५ महिना भरी चल्ने छ साथै बैंकले निम्न आर्थिक अवस्था भएका महिलाहरुलाई उपचारका लागि प्रति व्यक्ति रु. २० हजार नबढ्ने गरि सहयोग गर्दै आएको छ ।

यसका लागि बैंकले पाटन अस्पतालसँग सहकार्य गरी आर्थिक सहयोग उपलब्ध गराइदै आएको छ । बैंकले ग्राहकहरुलाई बचत खातामा बार्षिक ७ प्रतिशत सम्मको उच्चतम् ब्याज उपलब्ध गर्दै आएको छ ।

ग्राहकहरुको साथलाई ध्यानमा राखेर बैंकले विभिन्न कार्यक्रमहरुआयोजना गर्दै आएको छ । साथै, सामाजिक उत्तरदायित्व अन्र्तगत सानिमा बैकले शैक्षिक छात्रवृत्ति, रक्तदान तथा अन्य विभिन्न कार्यक्रमहरु पनि गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *