इक्यान शैक्षिक मेलामा चार दिनमा १ लाखले अवलोकन गरे

काठमाडौँ, साउन ६ । नेपाल शैक्षिक परामर्श संघ इक्यानले आयोजना गरेको १२ औं शैक्षिक मेलामा चार दिनमा एक लाखले अवलोकन गरेका छन् ।

शैक्षिक मेला कक्षा १२ सकेर बसेका र ब्याचलर, मास्टर्स गर्न चाहने विद्यार्थी लक्षित गरी आयोजना गरिएकोमा चार दिनको अवधिमा एक लाख विद्यार्थीले अवलोकन गरेको इक्यानका मेला संयोजक दिपकराज भुषालले बताए ।

उनका अनुसार इक्यानको लक्ष्य अनुरुप नै अवलोकनकर्ताहरु भित्र्याउन सफल भएको उनले जानकारी दिए । ‘विगतको इक्यानभन्दा यस वर्षको इक्यान उल्लासपूर्ण रुपमा सफल भयो ।’ उनले भने ।

छोरीलाई अष्ट्रेलिया पठाउनका लागि इक्यानमा बुझ्न आउनुभएका राजन लामिछानेले यस्ता मेलाले विद्यार्थीलाई ठगिनबाट बच्न सहज हुने बताए । ‘मेलाबाट आफूले थुप्रै जानकारी हाँसिल गर्न पाएँ ।’ उनले भने ।

भक्तपुर निवासी सिवानी केशी अष्ट्रेलिया जाने सोचमा छिन् । विएस्सी नर्सिङ गरिरहेकी उनी नेपालमा पढाइ सकिइसकेपछि विदेश जाने ढोका इक्यानले खुलाइदिएकोमा हर्षित छिन् ।

हेल्बेटासको प्रोगाम कोअर्डिनेटरको रुपमा काम गरिरहेका पंकज पनेरुले आफूहरुले ओरियन्टल हस्पिटालिटिसँग समन्वय गरेर तालिम सञ्चालन गरिरहेका उनले इफेयरमा धेरै जनालाई काउन्सिलिङ दिन सफल भएको बताए । ‘हामीकहाँ आधाजति काउन्सिलिङ लिएका मध्ये आधा आउन इच्छुक रहेको जानकारी दिए ।

‘अन्तिम दिनसम्म हामीले पाँच सय भन्दा बढीलाई काउन्सिलिङ दिन सफल भयौं ।’ उनले भने ।

गरीब परिवारका विद्यार्थीहरुलाई आफ्नो संस्थाले निशुल्क रुपमा अध्ययन गराइरहेको र यस्ता अवसरबाट उनीहरु झन् लाभान्वित बन्न सक्ने उनको विश्वास छ ।

वानअप इभेण्ट मेनेजमेन्टले ब्यवस्थापन गरेको शैक्षिक मेलामा अष्ट्रेलिया, अमेरिका, बेलायत, युरोप, क्यानडा, जापान, बंगलादेश, रसिया, चीन, भारत, सिँगापुर लगायतका विश्वका उत्कृष्ट शैक्षिक गन्तव्य भएका मुलुकका उत्कृष्ट विश्वविद्यालय र कलेजहरुको सहभागीता फेयरमा रहेको थियो ।

ब्रिटिस काउन्सिल प्रिजेन्टस् यूरो एसिया एजुकेशन कन्सल्टेन्सी १२ औं इक्यान एजुकेशन फेयरमा इन एशासिएशन को विथमा मर्सि एजुकेशन रहेको थियो ।

शैक्षिक मेलाको मेन स्पोन्सरमा काठमाडौँ इन्फोसिस, पावर्ड वार्ड हार्डफोर्ड एजुकेशन, प्लाटिनम एजुकेशनमा आइ.एस.एम.टी कलेज, डायमण्ड स्पोन्सरमा इम्पःस, गोल्ड स्पोन्सरमा लिंकन एजुकेशन, स्लिभर स्पोन्सरमा स्काइ एजुकेशन कन्सल्टेन्सी रहेका थिए ।

शैक्षिक मेला आयोजना गर्न सहयोग गर्ने विभिन्न शैक्षिक संस्था एवं कन्सल्टेन्सीहरुलाई इक्यानका अध्यक्ष विष्णुहरी पाण्डेले मायाको चिनो प्रदान प्रदान गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *