यू १९ विश्वकप छनोटमा सन्दिपको तेश्रो पटक ५ विकेट

साउन ९, काठमाडौँ  । यू १९ विश्वकप छनोट एसियाली क्षेत्र अन्तर्गतको ५ औं खेलमा नेपाल यु १९ का कप्तान सन्दिप लामिछानेले मलेसिया विरुद्द फेरी ५ विकेट लिएका छन् । यस प्रतियोगितामा उनको यो तेश्रो ५ विकेट हो ।

४६ रनमा खेलीरहेका शाईद अजिजलाई विकेट किपर प्रकाश केसीको हातबाट क्याच थमाएर आफ्नो पहिलो विकेट लिएका सन्दिपले नयिम न्याजलिाई आउट पार्दै आफ्नो ५ विकेट पुरा गरेका हुन् । आठ ओभर वलिङ गरेका सन्दिपले एक मेडन ओभर राख्दै १२ रन खर्चिएर ५ विकेट लिएका हुन् ।

सन्दिपले मलेसिया विरुद्दको पहिलो खेलमा पनि ५ विकेट लिएका थिए । उनले उक्त खेलमा १७ रन खर्चेर ५ विकेट लिएका थिए । त्यस्तै, यू १९ विश्वकप छनोट खेल अन्तर्गत नेपालको पहिलो खेलमा पनि सन्दिपले सिंगापुर विरुद्द २१ रन खर्चिएर ५ विकेट लिएका थिए ।

यस प्रतियोगितामा सन्दिपले २३ विकेट लिइसकेका छन् । उनले अफगानिस्तान विरुद्द ३० रन खर्चिएर दुई तथा सिंगापुर विरुद्दको दोश्रो खेलमा २२ रन खर्चिएर चार विकेट लिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *