वैदेशिक रोजगारमा मृत्यु हुनेको संख्या बढ्यो

काठमाडौँ, साउन ६ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले अघिल्लो आवको तुलनामा गत वैदेशिक रोगारका क्रममा मृतु हुनेको संख्या ४६ जना बढी भएको जनाएको छ ।

उक्त बोर्डका अनुसार अघिल्लो आवमा मृत्यु हुनेको संख्या ७७५ थियो भने गत आवमा ८२१ पुगेको थियो । विगतको अनुसन्धानका आधारमा हेर्दा नेपालको वातावरण र अन्य देशको वातावरण नमिल्दा धेरैजसोको सुतेकै अवस्थामा मृत्यु हुने गरेको हुनसक्ने् प्रवद्र्धन बोर्डकी प्रवक्ता पवित्रा घिमिरे खनालले बताए ।

“यो वर्ष कसरी मृत्युको संख्या बढ्यो, अनुसन्धानबाट जानकारी आएपछि मात्र थाहा हुन्छ”, उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 9 =