“धरानमा “”सार्वजनिक सामाचार साप्ताहिक”” पत्रिकाको विमोचन”

धरान, साउन ६ । निष्पक्ष, सन्तुलित र समावेसी नाराका साथ सुनसरीमा थप एक साप्ताहिक पत्रिकाको सुरुवात भएको छ । आईतबार सुनसरीको धरानमा एक कार्यक्रमका बीच सार्वजनिक सामाचार साप्ताहिक पत्रिकाको विमोचन गरी सुरुवात गरिएको हो ।

पत्रकारको प्रतिभाको संरक्षण र सम्वर्द्धन गर्न र उनीहरुमा समर्पणको भावना जागृत गराई समाज परिवर्तनका निम्ती सुरुवात गरिएको पत्रिकाको पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खडकाले एक समारोहका बिच विमोचन गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका खडकाले पत्रिकाको उत्तर उत्तर प्रगतीको कामना गर्दैै सुनसरी जिल्ला पछिल्लो समय पत्रकारीताको हब भएको बताएका थिए ।

उनले राष्ट्र फडको मार्ने माध्ययम पत्रकारी समेत एउटा भएकाले पत्रकारीताको विकास सम्भव भए राष्ट्र उन्नतीतिर जाने बताए ।

खडकाले मिडिया र मिडियाकर्मी छिनछिमा नै उपडेट हुनुपर्नै धारण राख्दै दिनैपिच्छे मिडिया हाउसहरु खुल्दा सकारात्मक सामाचारलाई समेत स्थान दिन आग्रह गरे ।

एक अर्को प्रसंगमा खडकाले केनद्रीय तथा प्रदेश सरकारले मिडियामा लगाउने अंकुशको घोर विरोध समेत गरे ।

मिडिया जाती पार्टी नभई सबै जनताको आवाज बोल्दिनुपर्नैमो जोड दिएका थिए । साथै खडकाले पत्रिकासँग धरानका नाम चलेका व्यक्तित्वहरुको नाम जोडिएकोले सो नामलाई जोगाई राख्न आग्रह समेत गरेका थिए ।

सोही कार्यक्रममा धरानका पूर्व मेयर तथा संघिय समाजवादी फोरम नेपालका नेता ध्यान बहादुर राईले कपी पेष्टको जामानामा जनआस्था जस्ता कहलिएका पत्रिकाको समेत कपी पेष्ट गरेर समाचार बनाउनेहरुको पत्रिका समेत नचल्ने हुँदा आफनो मौलीकता पनका साथै साना भन्दा साना समाचारलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएका थिए ।

उनले अबदेखि राष्ट्रका गतिविधि र मुलभूत बिषयहरु पत्रिका मार्फत उजागर गर्न सक्यो भने पत्रिका सफल हुने विश्वास व्यक्त गर्दै पत्रिकाको सफलताको शुभकामना दिए । मिडियाहरु बिचारसँग थिचिएकोले छापा माध्यम टीक्न कठिनाई भएको प्रस्ट पारे । राईले मिडियाकर्मीहरु पहुँचवालाहरु भित्रको आग्रह र पैसाको प्रभावमा परेको समेत ठोकुवा गरे ।

उनले सुचना सम्पे्रसण गर्ने संस्थाले नै सहि सम्प्रेसण गर्न नसक्दा अहिले गोविन्द केसी र सरकारबीच द्वन्द्व चर्किएको बताए । उनले पत्रकारितामा जोसिएर मात्र नभई निरन्तर समय दिन समेत आग्रह गरेका थिए ।

कार्यक्रममा संघिय समाजबादी फोरम नेपालका केन्द्रीय सदस्य अर्जुन थापा, केन्द्रीय सदस्य संजय सिंह, संघिय समाजवादी फोरमका राजनीतिक समिति सदस्य दिपक म्यानेङवो, सुनुवार सेवा समाजका धरान नगर अध्यक्ष दन्तकुमारी सुनुवार लागायतले मन्तव्य राखेका थिए ।

धरानको भानुचौक स्थित रहेको गोरखा किचेनमा गरिएको कार्यक्रममा पत्रिकाका अध्यक्ष गजेनद्र ईस्वो, प्रकाशक एसा सुनुवार, सम्पादक सुमित्रा राई, कार्यकारी सम्पादक प्रवीण राई, प्रमुख संवादाता निमा पोङसोवा त्यस्तै सल्लाहकार ध्यान बहादुर राई, दुर्गा माया लिम्बु, भीम राई, बजय लुम्फुङवा, कानुनी सल्लाहकार मान भगत चाम्लिङ, प्रबन्ध ब्यवस्थापक सुमन राई तथा सागर सरगम चेमजोडको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *