स्थगित भयो कांग्रेस सभापति देउवाको विदेश भ्रमण

काठमाडौँ, साउन ६ । काँग्रेस सभापति शेरबहादुर देउवाको विदेश भ्रमण स्थगित भएको छ । केहिदिन यता राजनीतिक परस्थितिलाई मध्यनजर गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पूर्वनिर्धारित ७ दिने विदेश भ्रमण कार्यक्रम स्थागित गरिएको काँग्रेसले जनाएको छ ।

देउवा आइतबार अपरान्ह पत्नी आरजु देउवाको नियमित स्वास्थ्य जाँचका लागि भारत जाने तयारीमा थिए ।

यद्यपि, अहिलेको स्थितिमा देशमै रहेर कार्य गर्नुपर्ने आवश्यकताका रहेको भन्दै उनले भ्रमण स्थगित गरेको कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *