२००० वर्ष पुरानो श्रापित चिहान उत्खनन्, चिहान भित्र भएका चीजले उडायो सबैको होस

एजिप्टको एलेक्जेण्डिरिया शहरमा रहेको नौ फिट गहिरो रहस्यमय ढुंगाको चिहानको उत्खनन् गरिएको छ । यो चिहानलाई लिएर धेरै प्रकारका चेतावनी दिइँदै यो चिहानलाइ श्रापित चिहान भनिन्थ्यो । र, त्यसको उत्खनन् गर्दा समस्या आउन सक्ने बताइन्थ्यो ।

तर सबै चेतावनीलाइ बेवास्ता गर्दै उक्त चिहान उत्खनन् गरिएको छ । २००० वर्ष पुरानो चिहानमा खोजकर्तालाई पूरै सडेको अवस्थामा तीन वटा ममी फेला परेका छन्। तीनवटै ममीलाई कालो ग्रेनाइटबाट बनेको चिहान भित्र निकै गन्हाएको अवस्थामा पानीमाथि तैरीरहेको अवस्थामा फेला परेका थिए । यसलाई एलेक्जेण्डिरिया सहरको सबैभन्दा ठूलो खोज भएको बताइएको छ ।

अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार यो खोज जुलाईको सुरुमा नै सुरु गरिएको थियो। यो चिहान श्रापित भएको भन्दै धेरै डराएका थिए । १९२२ मा राजा तुतनखामुन चिहान यसरी उत्खनन् गरिएको थियो । केही समयपछि उक्त चिहान उत्खनन्मा संलग्न केही मानिसको निधन भएको थियो ।

त्यसपछि उक्त चिहान श्रापित भएको भन्दै अफवाह फैलिएको थियो । इजिप्तको सुप्रिम काउन्सिल अफ एन्टीक्विटीजका महासचिव मुस्तफा वजीरीले एलेक्जेण्डिरियाको सबैभन्दा ठूलो खोजको कुनै पनि श्रापसँग सम्बन्धित नभएको बताए । उनले चिहान उत्खनन् गरेपछि अहिलेसम्म कुनै क्षति नभएको बताए ।

उनले चिहानभित्र फेला परेका तीन ममी रोमन शाही परिवारका सदस्यको नभएको बताए। उनले चिहानभित्र कुनै प्रकारको सुन वा चाँहीको मास्क नभेटिएको बताए । त्यसबाहेक त्यहाँ कुनै प्रकारका शिलालेख वा ऐतिहासिक चिज फेला नपरेको उनको भनाइ थियो ।

एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *