डा. केसीको समर्थनमा वसन्तपुरमा सामूहिक सत्याग्रह

काठमाडौँ, साउन ६ । डा. गोविन्द केसीको अनसनको समर्थनमा काठमाडौँको वसन्तपुरमा सामूहिक सत्याग्रह शुरु भएको छ ।

चिकित्सा शिक्षामा सुधारको माग गर्दै सत्याग्रहमा रहेका डा. गोविन्द केसीको आन्दोलन र मागमा ऐक्यबद्धता जनाउँदै काठमाडौँको बसन्तपुरमा १०० जना भन्दा बढी अनशनमा बसेका छन् ।

चिकित्सा क्षेत्र सुधारको माग राख्दै २३ दिनदेखि अनसनरत डा. केसीको समर्थन गर्दै सोलिडारिटी फर डा. केसी अलायन्सको अगुवाइमा बिहान १० बजे देखि केसीका समर्थकहरु सामूहिक सत्याग्रह बसेका हुन्।

डा. केसीको समर्थनमा नागरिक अगुवाहरुको नेतृत्वमा शनिबार काठमाडौँमा वृहत् प्रदर्शनसहित सभा समेत सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =