“””दमनकारी सरकार अब धेरै टिक्नेवाला छैन””– काँग्रेस नेता पौडेल”

काठमाडौं, साउन ६ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले दमन गरेर सत्ता चलाउन लागेको आरोप लगाएका छन् ।

वीपी जयन्तीको अवसरमा पार्टीले आज आयोजना गरेको विशेष अन्तरक्रियामा बोल्दै नेता पौडेलले दमन गरेर सत्ता चलाउन उद्धृत रहेको आरोप लगाएका हुन् ।

कार्यक्रममा बोल्दै पौडेलले ओली सरकार धेरै नटिक्ने बताएका छन् । दमनकारी हतियार प्रयोग गरेर सत्ता चलाउने कुरा कुनैपनि हालतमा धेरै नटिक्ने चेतावनी दिँदै उनले भने, ”सरकार दमन गरेर सत्ता चलाउन चाहन्छ, तर यो सरकार अब धेरै टिक्दैन्, टिक्नेवाला छैन ।”

नयाँ वर्ग जन्माउने प्रणाली कम्युनिज्म ल्याउँछु भनेर सत्तारुढ दलका नेताहरुले भनिरहेको बताउँदै उनले भने,”कस्तो खाले कम्युनिज्म ल्याउन लागेको हो, त्यो हामी हेर्छौ भनेर मैले त धेरै पहिले भनेको छु ।”

कम्युनिष्टहरु समाजवादतर्फ अगाडि बढिरहेका छन् त ? भनेर उनले प्रश्न गरे । उनले भने,”समाजवाद भनेको त गुणस्तरीय शिक्षा र स्वास्थ्य, रोजगारी सबै ठाउँमा पुरयाउने हो । तर आज डाक्टर गोविन्द केसीले यी माग राखेर अनशन बस्दा सरकारले सुनेको छैन ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 2 =