काठमाडौँको कुमारीस्थानमा दिउँसै चोरी, ४ जना प्रहरी नियन्त्रणमा

काठमाडौँ, साउन ६ । काठमाडौँको कुमारीस्थानमा दिउँसै चोरी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार काठमाडौँ महानगरपालिका १६ स्थित कुमारीस्थान नजिक पार्वती थापाको कोठामा दिउँसै चोरी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।

उनी कुमारीस्थान नजिक सानु कान्छा पुतुवारको घरमा डेरा गरी बस्ने थापाको कोठामा चोरी गरी भाग्दै गर्दा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा १७ वर्षीय प्रशान्त अधिकारी, गोरखा घर भएका १७ वर्षीय सुदिप गुरुङ र अन्य दुई जनालाई नियन्त्रणमा लिएको प्रहरी परिसरले जनाएको छ ।

उनीहरूले ढोकाको ताल्चा फुटाई विभिन्न सुनका गरगहना, मोबाइल तथा नगद समेत चोरी प्रहरीको भनाइ छ । उनीहरू नयाँबसपार्क स्थित पवित्र प्यालेस गेष्ट हाउसमा बस्दै आएका थिए । गेष्ट हाउसमा गई कोठा नम्बर २०४ बाट चोरीका धनमाल बरामद गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *