डा. गोविन्द केसीको अनशन परिणामः मोरङमा अबोध बालकको ज्यान गयो

काठमाडौँ, डा. गोविन्द केसीको अनसन र चिकित्सक तथा राजनीतिक दलहरुको आन्दोलनका कारण विराटनगरमा एउटा अबोध बच्चाको मृत्यु भएको छ ।

मोरङ जिल्ला लेटाङ नगरपालिका ३ बस्ने दुर्गा लम्सालको ११ महिने छोरा कास्मिर लम्सालको मृत्यु भएको एक तस्विर सामाजिक सञ्जालमा भाइरल नै बनेको छ ।

निमोनिया भइ उपचारका लागि विराटनगर लैजाँदा अस्पताल हड्तालका कारण सामान्य उपचार समेत नपाएर बच्चाको मृत्यु भएको हो । अस्पताल जस्तो संवेदशील ठाउँ नै बन्द हुँदा थाहा छैन कतिन्जेलसम्म यस्ता अबोध बच्चाले ज्यान गुमाउनुपर्ने हो, कतिले डा. गोविन्द केसीको अनसनका कारण बलिदान दिनुपर्ने हो ।

डा. गोविन्द केसीको जायज मागलाई केही राजनीतिक दलले स्वार्थसिद्धिको माध्यम बनाउनुको ताजा परिणाम हो यो ।

बिरामी भएर उपचारका लागि कोशी अञ्चल अस्पताल विराटनगर पुर्याएको भए पनि ओपिडीमात्र बन्द गराउने भने पनि आकस्मिकका स्वास्थ्यकर्मीले समेत काम नगर्दा एउटा अबोध बालकले ज्यान गुमाउनु परेको भन्दै धेरैले हड्तालको निन्दा गरेका छन ।

सामाजिक सञ्जालमा पनि यसको सकारात्मक ध्यानाकर्षण भएको छ । डा. केसीसँगको वार्ता सफल नहुँदा आन्दोलन अझै चर्किने अवस्था छ । डा. केसी र प्रधानमन्त्री ओलीको एकतर्फी अडानका कारण यस्तो अवस्थाको सिर्जना भएको हो । कतिपय राजनीतिक दलले जनताको पक्षमा भन्दा पनि आफ्नो राजनीतिक स्वार्थ परिपुर्तिका लागि आन्दोलन चर्काएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *