विश्व हिन्दु महासंघका अन्तर्राष्ट्रिय अध्यक्ष सिंहको ८५ वर्षकाे उमेरमा निधन

“
काठमाडौं, साउन ६ । विश्व हिन्दु महासंघका अन्तर्राष्ट्रिय अध्यक्ष भरतकेशर सिंहको आज निधन भएको छ । उपचारको क्रममा आज विहान ३ बजेर ६ मिनेट जांदा हृदयघातको कारण बयोधा अस्पतालमा उनको निधन भएको महासंघ अन्तर्राष्ट्रिय कमिटीकी उपाध्यक्ष अस्मिता भण्डारीले जानकारी दिए ।
तीन साताअघि सामान्य ज्वरो आएर अस्पतालमा परीक्षण गर्दा पिसाबमा संक्रमण देखिएपछि उनको उपचार भईरहेको थियो । ८५ वर्षीय सिंहलाई गएराती पटकपटक हृदयाघात भएपछि उनको निधन भएको चिकित्सकहरूले बताएका छन् । सिंहका तीन छोरा, बुहारी र नातिनातिना छन् भने उनकी श्रीमतीको भने निधन भइसकेको छ ।
नेपालमा राजतन्त्र अन्त्यभएपछि नेपाललाई हिन्दु अधिराज्य बनाउनुपर्ने माग सहितको अभियान चलाएका सिंह नेपाली सेनाका सेवानिवृत्त जर्नेल समेत थिए ।
उनलाई नेपाली सेनाले अन्तिम सलामी दिनेछ । उनको पार्थिव शरीर पशुपतिनाथस्थित बनकालीमा दिउसो साढे १२ बजे श्रद्धाञ्जलीका राख्ने र आजै अन्तिम संस्कार गर्ने तयारी भएको उपाध्यक्ष भण्डारीले बताए ।
“








