डा.केसीको समर्थनमा अाजदेखि सामुहिक सत्याग्रह सुरु, सरकार भने वार्ता गर्ने तयारीमा
२०७४ जेठ १५ गते

“
काठमाडौं, साउन ६ । डाक्टर गोविन्द केसीको समर्थनमा आजदेखि काठमाडौंमा सामुहिक सत्याग्रह सुरु हुने भएको छ । काठमाडौंको वसन्तपुर डबलीमा सामूहिक सत्याग्रह हुने भएको हो ।
सोलिडारिटी फर डाक्टर केसी एलाइन्सले गर्न लागेको सत्याग्रह बिहान १० देखी साँझ ५ बजेसम्म जारी रहने आयोजकले बताएको छ ।
सरकारले भने मन्त्री तहमा नै वार्ता गर्ने तयारी गरेको छ । तर पहिला माग पूरा हुने ग्यारेन्टीपछि मात्रै वार्ता गर्नेजस्तो सर्त राखेका कारण अप्ठ्यारो भएको शिक्षा मन्त्री गिरिराजमणी पोखरेलले बताए ।
मन्त्री पोखरेलका अनुसार हिजो पनि अनौपचारीक छलफल भएको छ र आज पनि छलफल गर्ने तयारी छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








