यस्ता छन् अाजका बिभिन्न पत्रपत्रिकामा छापिएका सम्पादकीय

काठमाडाैं, साउन ६ ।  ढंग नमिलेको रंगले कुनै रुप दिँदैन ।
त्यस्तै ढांचा नपरेको कामको कुनै कला हुँदैन ।
व्यापारिक प्रयोजनका लागि रातारात बनाइएका चित्र कलाकृति हुँदैनन् ।
भित्तामा सजिएका छन् भने तिनले सहरको शोभा पनि दिँदैन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गत वैशाख अन्त्यमा भएको भ्रमणका बेला जनकपुरधाम सरसफाई गर्दै भित्ता रंग्याइए ।
अतिथि प्रधानमन्त्रीको नागरिक अभिनन्दन् गर्ने रंगभुमि मैदान र प्रसिद्ध जानकी मन्दिरको उत्तरी पर्खालमा भित्तै चित्रहरु पोतिए ।, आजको कान्तिपुर दैनिकमा ‘रंगभुमिमा रंगै बेरंग’ शिर्षकमा सम्पादकीय छापिएको छ ।

खनिज अनुसन्धान र परीक्षणका नाममा यहाँबाट बहुमुल्य खनिज पदार्थ संकलन गरी त्यसको अनधिकृत कारोवार हुने गरेको आशंका बढ्दै गएको छ ।

साच्चै भन्ने हो भने नेपालमा खनिज सम्पदाको भौगर्भिक सर्भेक्षण, पहिचना, अन्वेषण, उत्खन, बजारीकरण र उपयोगका विषयमा अझै प्रारम्भिक स्वरुपमै छौँ ।, आजको कारोवार दैनिकमा ‘खनिज उत्खनन्मा सावधानी’

बर्खामास जताततै बेथिती छ सहरमा ।
फोहोर उठ्न सकेको छैन ।
कुनै बेला काठमाडौंमा एउटा महानगरपालिकामा मात्र थियो ।
आज संख्या बढेर काठमाडौंमा ११ नगरपाकिला पुगिसकेका छन् ।
पहिले जनप्रतिनिधि समाजसेवीका रुपमा रहन्थे ।

अचेल तिनलाई तलबभत्ताको समेत व्यवस्था छ ।
यस्तो अवस्थामा त झनै तिनले कामलाई व्यवस्थित तुल्याउनुपर्ने थियो ।
काठमाडौं महानगरपालिका देशभरिका स्थानीय तहका निम्ति नमुना बन्नुपर्ने थियो ।, आजकोनागरिक दैनिकमा ‘नकगरका दुःख’ शिर्षकमा सम्पादकीय छापिएको छ ।
शिर्षकमा सम्पादकीय छापिएको छ ।

चिकित्सा क्षेत्र सुधारको माग राखी आमरण अनसनरत डा. गोविन्द केसीको समर्थनमा काठमाडौंसहित मुलुकका विभिन्न भेगमा विरोध र प्रदर्शन भएको छ ।

सरकारको विरोध र केसीको समर्थनमा निकालिएको शान्तिर्पूण जुलुस, कोणसभाका क्रममा विभिन्न ठाउँमा झडप भएको छ । काठमाडौंमा नागरिक समाजका अगुवाले निकालेको जुलुस र प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी अश्रुग्याँस प्रहार गर्दा प्रदर्शनकारी घाइते भएका छन् ।

नेपाल तरुण दल र प्रहरीबीच झडप हुँदा तरुण दल अध्यक्ष जीतजंग बस्नेत, नेपाल प्रेस यूनियनका महासचिव अजयबाबु शिवाकोटी लगायत घाइते भएका छन् । आजको नेपाल समाचारपत्रमा ‘सत्याग्रही आन्दोलनलाई हिंसात्मक नबनाऔं’ शिर्षकमा सम्पादकीय छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *