एचआईभी संक्रमित तेस्रोलिंगी बढ्दै, भारतबाट फर्केकाहरु झनै जोखिममा

काठमाडौं, साउन ६ । तेस्रोलिंगी महिला तथा पुरुष र समलिंगीहरु एचआइभीलगायतका यौनजन्य सरुवा रोगको उच्च जोखिममा रहेको एक अध्ययनले देखाएको छ ।

राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले गत असारदेखि चैतसम्म एचआईभी जोखिममा परेका समूहको जैविक र व्यवहारिक अनुसन्धानमा यस्तो देखाएको हो ।

केन्द्रले तराईका २२ जिल्लामा गरेको सर्वेक्षणमा पुरुष समलिंगी र तेस्रोलिंगीमा एचआईभीको व्यापकता दर आठ प्रतिशतभन्दा बढी देखिएको छ ।

केन्द्रले भारतमा काम गरेर फर्केका आप्रवासी पुरुष, उनीहरुका श्रीमती र महिला यौनकर्मी जस्ता जोखिम समूहबी यस्तो सर्वेक्षण गरेको थियो ।

अध्ययनअनुसार अरु समूहभन्दा तेस्रोलिंगीमा यौनजन्य संक्रमण भिरिंगीको व्यापकता दर पनि २ प्रतिशतभन्दा बढी देखिएको छ । अरु समूहमा यस्तो संक्रमण भने एक प्रतिशत मात्रै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *