महलीसागर बाँधका कारण सात सय हेक्टर धानखेत डुबानमा

कपिफबस्तु, साउन ६ ।   असार दोस्रो साता यशोधारा गाउँपालिका ५ बैदौली भगवानपुरका ७५ बर्षीया फुर्सतअली धुनियाले तीन बिघा खेतमा धान रोपे । अहिले उनको धानखेत पूरै डुबानमा छ । बर्षभरिको गुजारा चलाउने धानखेत डुबानमा परेपछि उनी चिन्तित छन् ।

खेत डुबानमा पर्नुको कारण भारतले सीमा क्षेत्रमा पर्ने आफ्नो भूमिमा बनाएको महलीसागर बाँध हो । बाँधका कारण कर्षाको पानीले सहज निकास नपाएपछि नेपालतर्फको भूमि डुबानमा पर्छ । आजको नागरिक दैनिकको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।

यो समस्या सीमाक्षेत्रका नेपालीले भोग्दै आएका छन् । बाँधका कारण सात सय बिघाजति खेत डुबानमा पर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *