धरान उपमहानगरपालिका प्रमुख तारा सुब्बाको अन्त्येष्टि

काठमाडाैँ, साउन ५ । धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाको शनिबार अपरान्ह दाहसंस्कार गरिएको छ।

त्यसभन्दा अगाडि स्वर्गीय सुब्बाको शवयात्रा निकालिएको थियो । काठमाडौंको ग्राण्डी इन्टरनेशनल अस्प्तालमा गत साउन १ गते ५२ वर्षीय प्रमुख सुब्बाको निधन भएको थियो।

नगर प्रमुख सुब्बाकाे पार्थीव शरीर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको थियो भने उनको पार्थीव शरीर शनिबार बिहान साढे ११ बजेपछि नगरवासीको सामूहिक श्रदाञ्जलीका लागि धरान १२ को नगरपालिकाको कार्यालय, पब्लिक माविको खेल मैदानमा र अन्तीम श्रद्धाञ्जलीका लागि हरियाली सामुदायिक बन परिसरमा समेत राखिएको थियो ।

सुब्बाको शवलाई धरान उपमहानगरको मुख्य मुख्य स्थानमा शवयात्रा सहित धरान १८ स्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहद्वारा संरक्षित वन क्षेत्रमा जातीय परम्पराअनुसार अन्तिम श्रद्धाञ्जलीसहित दाहसंस्कार गरिएको हो ।

उनको अन्तिम श्रद्धाञ्जली सहित दाहसंस्कारका लागि सरकारका तर्फबाट उप–प्रधानमन्त्री ईश्वर पोख्रेल, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, कानुनमन्त्री हिक्मत कार्की, अर्थमन्त्री इन्द्र आङवो सहित सासंद, नेताहरूको समेत सहभागिता रहेको थियो।

उनको पार्थीव शरीरमा पार्टीको झण्डा ओढाउनुका साथै नगरपालिकाको झण्डा सहित अन्तिम श्रद्धाञ्जली गरिएको थियो । स्व. सुब्बा लामो समयदेखि मधुमेह, मुटुलगायतका रोगबाट पीडित रहेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *