तरुण दलले देशभर आन्दोलन चर्काउने तयारी

काठमाडाैँ, साउन ५ । नयाँ बानेश्वर झडपमा घाईते भएकालाई भेट्न सिभिल अस्पताल पुगेका तरुण दलका उपमहासचिव दिनेश विक्रम शाहले प्रहरी दमनको विरुद्ध आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।

राजधानीमा शनिबार भएको शान्तिपूर्ण प्रर्दशनमा प्रहरीले हस्तक्षेप गरि कुटपीटमा उत्रिएको भन्दै तरुण दलले त्यसको विरोधमा आईतबार ७७ वटै जिल्लाका प्रशासन कार्यालय घेराउ गर्ने भएको छ ।

डा. गोविन्द केसीको समर्थनमा तरुण दलले शनिबार नयाँ बानेश्वरमा गरेको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा करिब दर्जन बढी कांग्रेस कार्यकर्ता घाइते भएका छन् ।

आन्दोलनका क्रममा नेविसंघका अध्यक्ष नैनसिंह महर, तरुण दलका अध्यक्ष जीतजंग वस्नेतसहित दर्जनबढी कांग्रेस कार्यकर्ता घाइते भएका हुन् ।

शनिवार मध्याह्न माइतघरबाट शुरु भएको र्‍याली बानेश्वर पुगेपछि झडप भएको हो । तरुण दलका कार्यकर्ताले प्रहरीमाथि ढुंगा हानेपछि प्रहरीले आन्दोलनकारीमाथि लाठी र अश्रुग्यास प्रहार गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *