पढेका मान्छे बेरोजगार नहुन भनेर नै शिक्षा नीति तर्जुमा गर्न लागेको : प्रधानमन्त्री ओली

काठमाडौँ,साउन ५ । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिको खाका अनुसार जनशक्ति व्यवस्थापन गर्न सरकारले नयाँ शिक्षा नीति अवलम्बन गर्न लागेको बताएका छन्।

त्रिभूवन विश्व विद्यालयको ५९ औं वार्षिक दिवस बैठकलाई शनिबार कीर्तिपुरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कुनै अध्ययन अनुसन्धान बिना विश्वविद्यालयहरुले कलेजको सम्बन्धन दिइरहँदा देशमा बेरोजगारी बढेको बताए।

प्रधानमन्त्री ओलीले पढेका मान्छे बेरोजगार नहुन भनेर नै सरकारले क्षेत्रगत रुपमा आवश्यक जनशक्तिको अध्ययन गरी त्यसै अनुसारको शिक्षा नीति तर्जुमा गर्न लागेको बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘अहिले शिक्षा मन्त्रालय र राष्ट्रिय योजना अयोगले यो अध्ययन गर्दैछन् । यसको प्रतिवेदन आएपछि हामीले कुन क्षेत्रमा कति जनशक्ति उत्पादन गर्नुपर्ने रहेछ भन्ने स्पष्ट खाका बनाउँछौं ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *