नयाँ बानेश्वरमा प्रदर्शनकारी र प्रहरीबिच झडप

काठमाडौं, साउन ५ । डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै प्रदर्शनमा उत्रिएका केसी समर्थक र प्रहरीबिच काठमाडौँको नयाँ बानेश्वरमा झडप भएको छ ।

डा गोविन्द केसीका समर्थकहरुको कार्यक्रम भइरहेका बेला तरुण दलको पनि प्रदर्शन पुगेको थियो । प्रहरीले लाठी चार्ज गर्दा केही प्रदर्शनकारी र पत्रकार समेत घाइते भएका छन् ।

निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले ८ सेल अश्रुग्यास हानेको छ ।अहिले नयाँ बानेश्वरको अवस्था तनावपूर्ण छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − five =