धरानका नगर प्रमुख तारा सुब्बाको श्रद्धाञ्जली सभा हुँदै (फाेटाेफिचर)

धरान (सुनसरी) साउन ५ । धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाको आज शवयात्राको क्रममा अन्तिम श्रद्धाञ्जली चलिरहेको छ । उनकाे धरान नगरपरिक्रमा पछि केही बेरमा अन्तिम श्रद्धाञ्जली अर्पणसहित दाहासंस्कार गरिने छ ।

अहिले सुब्बाको धरान १२ स्थित धरान उपमहानगरपालिकाको कार्यलय परिसरबाट श्रद्धाञ्जली अर्पण गरी सर्बसाधारणहरुको लागि पब्लिक उच्च माबिको खेल मैदानमा राखिएरको छ भने सर्बसाधारणहरुले अन्तिम श्रद्धाञ्जली अर्पण दिइरहेका छन् । श्रद्धाञ्जली कार्यक्रममा हजाराैंको संख्यामा धराने जनताहरुको उपस्थिति रहेको छ ।

त्यसैगरी १ नं प्रदेशका मुख्य मन्त्री शेरधन राई ,कानुनमन्त्री हिकमत कार्की,अर्थमन्त्री ईन्द्र आङवो साँसदहरु लगायतको उपस्थिति रहेको छ ।

सुब्बाको काठमाडौंको ग्राण्डी अस्पतालमा गत साउन १ गते निधन भएको थियो । केही बेरमा सुब्बाको शव यात्रा सहित धरान उपमहानगरको मुख्य मुख्य स्थान परिक्रमा गरी धरान १८ स्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहद्वारा संरक्षित वन क्षेत्रमा जातीय परम्परा अनुसार उहाको अन्तिम श्रद्धाञ्जली सहित दाहसंस्कार गर्ने कार्यक्रम तय भएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − five =