यातायात समिति नवीकरण नगर्ने सरकारको निर्णय

काठमाडौं, साउन ५ । सरकारले यातायात समिति नवीकरण नगर्ने निणय गरेकोे छ। सरकारले सार्वजनिक यातायातमा सुधार ल्याउन एकाधिकार खारेज गर्ने यसअघिको निर्णयानुसार साउनदेखि विभिन्न नामका समितिमा दर्ता भएका यातायात व्यवसायी समिति तथा संघको नवीकरण नगर्ने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।

गत असार ३१ गते गृह, भौतिक पूर्वाधार तथा यातायातमन्त्री र सचिवहरुको संयुक्त बैठकले उक्त निर्णय गरेको हो। गृह मन्त्रालयले हिजो निर्णय सार्वजनिक गर्दै गत वैैशाख ४ गतेको निर्णयानुसार यातायात क्षेत्रका विसंगति र विकृति हटाउन यही साउन १ गतेदेखि संस्था दर्ता ऐन २०३४ अनुसार संस्था दर्ता खारेज गर्न प्रक्रिया अघि बढाउने निर्णय भएको जनाएको छ ।

यसैगरी यातायात क्षेत्रसँग सम्बन्धित संघसंस्था र समितिको चल, अचलसम्पत्ति सरकारको मातहत रहने व्यवस्था गृह मन्त्रालयको समन्वयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *