डा. केसीको अनशन अाज २२ अाैं दिन, माग सुनुवाइका लागि माइतिघरमा विशाल प्रदर्शन गरिने

काठमाडौं, साउन ५ । अनसनरत डाक्टर गोविन्द केसीको माग पुरा गर्न आज काठमाण्डौँका माइतीघरमा विशाल प्रर्दशन गरिदै छ । डाक्टर केसी आमणरण अनशन बसेको आज २२ दिन भएको छ ।

माइतिघरमा आज मध्यान्ह १२ बजे प्राध्यापक, विश्लेषक, पूर्व प्रधानन्यायाधिश, पूर्व उपकुलपति, नेता, लेखक, कलाकार, पेशाकर्मीदेखि सर्वसाधरण जम्मा हुने भएका छन् । डाक्टर केसीको समर्थनमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, कल्याण श्रेष्ठ, अभिनेत्री मनिषा कोइराला, मानवअधिकारवादी नेता कृष्ण पहाडी उपस्थित हुने भएका छन् ।

त्यस्तै खगेन्द्र संग्रौला, डा देवेन्द्रराज पाण्डे, केदारभक्त माथेमा, श्याम श्रेष्ठ, प्राध्यापक सुरेन्द्र लाभ लगायतका व्यक्तित्व तथा सर्वसाधारणहरू सहभागी भई ऐक्यबद्धता जनाउने कार्यक्रम रहेको छ । जुम्लामा अनसन सुरु गरेका डाक्टर केसीलाई गत बिहीबार सरकारले काठमाडौं ल्याएको थियो ।

त्रिवी शिक्षण अस्पतालमा आइसेकपछि लगातार अनसनरत डा केसीले औषधी समेत लिन नमानेकाले स्वास्थ्य अवस्थामा थप जटिलता बन्दै गएको डाक्टर केसीको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *