‘राम्रा विद्यार्थीलाई स्कलरसिप दिने विश्वविद्यालयमा सिफारिस गर्छौं’

सन् २००७ देखि शैक्षिक परामर्शमा सक्रिय सुनिता था श्रेष्ठ पाँच वर्षयता इङ्गलीस काउन्सिलकी म्यानेजिङ्ग डाइरेक्टर हुनुहुन्छ । कन्सल्टेन्सी ब्यवसायलाई बुझ्दै २००८ बाट काउन्सेलिङ क्षेत्रमा लाग्नुभएकी श्रेष्ठ आइडीपी अष्ट्रेलियाको प्रमाण पत्र प्राप्त IELTS इन्स्ट्रक्टर, टिआइटिआइ ट्रेन्ड एजेण्ट वैदेशिक शिक्षा परामर्शदाता हुनुहुन्छ ।

नेपाली विद्यार्थी किन र के का लागि ABROAD STUDY मा जाने ?

के को लागि पढ्ने ? भन्ने प्रश्नबाट यसको उत्तर सुरु हुन्छ होला । हामीलाई शिक्षा चाहिन्छ भविष्य निर्माणको लागि । २१ औं शताब्दीमा २१ औं शताब्दीको गुणस्तर भएको शिक्षा भयो भने सुन्दर भविष्य निर्माण गर्न सकिन्छ । विदेश जानुको मतलब नेपालबाट भाग्नु हैन । विदेशका विश्वविद्यालयहरुले जुन प्रकारको प्रयोगात्मक र उच्च गुणस्तरको शिक्षा दिन्छन्, त्यो हासिल गर्न जानु हो ।

अहिलेको विश्वव्यापीकरणको समयमा एकै देशमा बसेर सबै कुरा सिक्न र गर्न गाह्रो छ । जति धेरै जान्यो आफ्नो करियर फराकिलो हुन्छ । यस अर्थमा नेपाली विद्यार्थीहरु ABROAD STUDY मा जानुपर्छ ।

तपाई कहाँ आएका सबै विद्यार्थी पढ्न कै लागि विदेश गएको पाउनुहुन्छ ?

हामी शैक्षिक परामर्शदाता भएको हुनाले हामी कहाँ पढ्नको लागि विदेश जाने विद्यार्थी नै आउँछन् । ज्यादा जसो विद्यार्थीको उद्देश्य हुन्छ बाहिर गएर उच्च शिक्षा हासिल गरेर स्वदेश फर्कने नै हुन्छ । अहिलेको समयमा शिक्षा र सिप हासिल नगरी भविष्य सुनिश्चित छैन । त्यसपछि उसले हासिल गरेको शिक्षा र सिप देखाउन सक्ने क्षेत्र चाहिन्छ । नेपालमा हामीले त्यो खालको स्कोप दिन सक्यौं भने, विदेशमा अनुभव र सिप हासिल गरेका सबै विद्यार्थी स्वदेश फर्कन्छन् ।

विद्यार्थीलाई तपाईले किन ABROAD STUDY मा जाने ? भनेर प्रश्न गर्दा उसँग कस्तो उत्तर हुन्छ ?

शिक्षाले नै भविष्य उज्वल बनाउँछ । विद्यार्थीले पहिलो कुरा उसले मेरो भविष्य कहाँ सुरक्षित र उज्वल हुन्छ भन्ने कुराको जानकारीको खोजी गर्दछ । नेपालमा एक तहको पढाई सकेपछि अहिलेको बजारको माग र आफ्नो चाहना अनुसारको शिक्षा छ की छैन, उसले र्निक्यौल गरेर नै थप शिक्षा हासिल गर्न विदेश जाने सोच बनाएको हुन्छ ।

ABROAD STUDY मा जाँदैमा विद्यार्थीले राम्रो गर्छ, भनेर कसरी ग्यारेण्टी गर्नुहुन्छ ?

ग्यारेण्टी कुनै चिजको हुँदैन । तर शिक्षाको प्रणाली, व्यवहारिकता, गुणस्तर र प्रयोगले यसको सार्थकता प्रमाणित गर्दछ । सैद्धान्तिक भन्दा व्यवहारिक शिक्षाले सिप सिकाउँछ, चुनौतीलाई सामना गर्न सिकाउँछ र अवसरको उच्चतम उपयोग गर्ने ज्ञान दिन्छ ।

राम्रा र प्रयोगात्मक शैक्षिक व्यवस्था, निति तथा दक्ष तथा अनुभवी स्रोत व्यक्ति भएको देशको शिक्षाले एउटा विद्यार्थीलाई राम्रो भविष्य बनाउने क्षमता दिन्छ, त्यसको उपयोग कति, कहाँ र कुन तरिकाले गर्ने हो, त्यो त व्यक्तिमा भर पर्छ । एउटै बोटमा फलेको फल त कुनै मिठो हुन्छ कुनै तितो हुन्छ भने, विद्यार्थीको हकमा पनि त्यो लागू हुन्छ ।

ABROAD STUDY मा जानुपूर्व विद्यार्थीले के कुरामा ध्यान दिनुपर्छ ?

परामर्श केन्द्रमा आउनुपूर्व विद्यार्थीले विभिन्न स्रोत जस्तै इन्टरनेट, पत्रपत्रिका, इत्यादि मार्फत आफुले जान चाहेको देश, त्यहाँको रहनसहन, पढ्न खोजेको विषय, पठनपाठन, अध्यागमन, आदिबारे जानकारी लिनुपर्छ । त्यहाँको भाषाको ज्ञान पनि आवश्यक छ । कुन देश कस्तो छ, शिक्षा प्रणाली कस्तो छ, आर्थिक पक्ष, पाठ्यक्रम, अध्यागमनको नियमहरु केके छ, विदेशी विद्यार्थीले केके गर्न पाउँछ ? जस्ता विषयमा परामर्शदाता र विद्यार्थी दुवै प्रष्ट हुनुपर्छ । परामर्शदातृले विद्यार्थीको चाहना अनुसार उसको योग्यता र क्षमता अनुसारको सुझाव तथा परामर्श दिनुपर्ने हुन्छ ।

जसरी सम्पूर्ण लक्षण बताएपछि मात्र डाक्टरले सहि उपचार दिन सक्छ, त्यसरी नै विद्यार्थीले कुन क्षेत्रमा आफ्नो भविष्य बनाउन चाहेको हो प्रष्ट भन्नुपर्छ । त्यसपछि मात्र परामर्शदाताले विद्यार्थीको इच्छा अनुसार आफ्ना अनुभव र ज्ञान सहित सहि परामर्श दिन सक्छ ।

नेपालमा अझैपनि विद्यार्थीमा आफ्नो क्षमता निक्र्याैल गर्नसक्ने सोचको विकास भएको छैन । त्यसैले, अभिभावकले पनि विद्यार्थीलाई गाइड गर्नुपर्ने हुन्छ ।

कतिपय कन्सल्टेन्सीले चाडैं भिसा लाग्छ भनेर आफ्नो रुचि र देशमा विद्यार्थी पठाउने गरेका छन्, विद्यार्थीले ABROAD STUDY अभिभावक, काउन्सलर मध्ये कसको रुचिमा जाने हो ?

काउन्सलर र अभिभावकको रुचिमा विद्यार्थीले पढ्न सक्दैन । भिसा एउटा महत्वपूर्ण पाटो हो तर मुख्य कुरा विद्यार्थीको भविष्य केमा राम्रो हुन्छ, त्यो सोच्नुपर्छ । भिसा लगाउने कुरामा हरेक देशको फरकफरक प्रक्रिया हुन्छ । त्यहाँको अध्यागमन कार्यालयलाई विद्यार्थीले विश्वास दिलाउन सक्नुपर्छ की उनको लक्ष्य शिक्षा नै हो ।

उसले पढ्न चाहिरहेको विषय किन पढ्न खोज्दै छ ? पढेको विषयले लक्ष्य प्राप्ति हुन्छ की हुँदैन ? यो विषयमा विद्यार्थी प्रष्ट हुनुपर्दछ । कुनै कन्सल्टेन्सीले भनेको भरमा मात्र पछि लाग्नु हुँदैन । आवश्यक जानकारीहरुको आधारमा विद्यार्थी स्वयंले निर्णय लिनुपर्छ भन्नेमा म विश्वास गर्दछु ।

१२ कक्षा उत्तिर्ण गरेको विद्यार्थी जो ABROAD STUDY मा जान खोजिरहेछ त्यसले के कुरामा ध्यान दिनुपर्छ ?

कक्षा १२ मा उसले “मेजर” विषय के लिएको हुन्छ जसले उच्च शिक्षाको विषय निर्धारण गर्दछ । त्यसपछि कहाँ गएर पढ्दा ठिक होला ? नेपाल मै पढ्ने की विदेश जाने ? विदेश भए कुन देश जाने ? भन्ने प्रष्ट हुनुपर्छ ।

देश राम्रो हुँदैमा भिसा लाग्छ भन्ने हुँदैन । त्यहाँको नियम कानुन, शिक्षाको माहौल, शिक्षा प्रदायक सँस्थाको माहौल, अन्तराष्ट्रिय विद्यार्थीका लागि बनाइएका नियम तथा सुविधा, खानबस्नको खर्च, कलेज शुल्क, छात्रबृत्ति, पार्टटाइम जवका विषयमा जानकारी लिनु पर्दछ । यसका लागि विद्यार्थीले विभिन्न शैक्षिक मेलामा सहभागी हुने, परामर्शदाता कहाँ बुझ्ने गर्नु उपयुक्त होला ।

कतिपय संस्थाहरुले निःशुल्क परामर्श कक्षा सञ्चालन गर्छन, त्यहाँ गएर सुचना लिनु पनि सहयोगी हुन्छ ।

टिन एजमा रहेको विद्यार्थीले ABROAD STUDY मा जाँदा के कुरा ख्याल गर्नुपर्छ ?

टिनएज एउटा “सेन्सेटिभ एज” हो, जहाँनिर विद्यार्थीले आफ्नो भविष्य र जिन्दगीलाई नै आकार दिइन्छ । सबैभन्दा पहिला विदेशमा भएका आफन्त, साथीभाइको अनुभव लिएर आफुलाई मानसिक तवरमा तयार गर्दा राम्रो होला । शहरबजारका विद्यार्थीहरुले इन्टरनेटको माध्यमबाट जानकारी हासिल गर्नुसक्छ । माथि भनिएका विषयहरुमा पनि तयारी गनुपर्छ ।

ABROAD मा गइसकेपछि आत्मनिर्भर हुन, समूहमा मिलेर बस्न र समस्यालाई चिरेर जाने क्षमताको विकास गर्नुपर्छ जस्तो लाग्छ ।

तपाईलाई लाग्छ टिन एजका विद्यार्थीहरुमा समस्या फेस गर्नसक्ने क्षमता छ ?

प्रायः जसोमा देखेका छौं । कतिपय नभएपनि समस्या आइपरेपछि समाधान खोज्नुपर्छ भनेर मानसिक रुपमा तयार भएका छन् । हामीले पनि विद्यार्थीलाई पठाउँदा त्यो देशको कानुन, त्यहाँको वातावरण, कामको अवसर र चुनौती, बीमा, आदिबारे विद्यार्थीलाई मानसिक रुपमा तयार गरेका हुन्छौं ।

हुन त समस्या आफैंले नभोगी थाहा हुन्न । तर हतोत्साहित हुन नदिन यहाँ हुँदैदेखि बेला बेलामा त्यस्ता समस्या र त्यहाँको नियममा बसेर तीसँग जुझ्ने तरिका बताइराखेका हुन्छौं ।

विदेश गएका विद्यार्थीहरुमा टाइम म्यानेजमेण्ट गर्न नसक्ने समस्या देखिएको छ, यसलाई कसरी हल गर्ने ?

ABROAD STUDY मा जाने सोच जब विद्यार्थीले गर्छ, त्यत्तिबेला देखि नै विद्यार्थीले मैले टाइम मेजेनमेण्टमा ध्यान दिनुपर्छ भनेर मानसिक रुपमा नै तयार हुनुपर्छ । टाइम मेजेनमेण्ट विदेश जाने विद्यार्थीले मात्र हैन, नेपालमै पढ्नेले पनि गर्नुपर्छ ।

हामीले IELTS कै तयारी कक्षामा टाइम मेनेजमेण्ट गर्ने विषयमा विद्यार्थीलाई तयारी गराउँछौं । IELTS परीक्षाको तयारी, कागजातको संकलन, भिसा आवेदन लगायतका काम गर्दागर्दैे विद्यार्थीले टाइम मेनेजमेण्टका विषयमा धेरै कुरा सिकिसकेका हुन्छन् ।

ABROAD जानका लागि कुनै विद्यार्थी तपाईकोमा आयो भने उसको आर्थिक र शैक्षिक योग्यता मध्ये कसलाई प्राथमिकता दिनुहुन्छ ?

ABROAD STUDY मा जाने विद्यार्थीमा दुवै योग्यता राम्रो हुन जरुरी छ । हामी दुवै विषयलाई प्राथमिकता दिएर हेर्दछौं । शैक्षिक योग्यता भएन भने कलेजले भर्ना लिँदैन । आर्थिक क्षमता भएन भने कलेजको शूल्क तिर्न सकिँदैन । तर, औसतभन्दा राम्रो विद्यार्थी छ भने, उसले स्कलरसिप पाउने संभावनाहरु भने हुन्छ, त्यो अवस्थामा हामी शैक्षिक योग्यतालाई ध्यान दिन्छौं ।

राम्रो योग्यता भएका विद्यार्थीलाई छात्रवृत्ति दिने कलेजमा सिफारिस गर्न सक्नुहुन्छ ?

राम्रा विद्यार्थीले छात्रवृत्ति पाउनुपर्छ भन्ने हाम्रो मान्यता हो । हामी त्यस्ता विद्यार्थीलाई छात्रवृत्ति दिने कलेज र विश्वविद्यालयहरुमा सिफारिस पनि गर्दछौं । हामी कहाँबाट गएका धेरै विद्यार्थीले विदेशका राम्रा विश्वविद्यालय र कलेजमा छात्रवृत्ति पाएको उदाहरण छ । मसँग ९५ प्रतिशत छात्रवृत्ति लिएर अमेरिकामा मेडिकल शिक्षा पढिरहेका विद्यार्थीको उदाहरण छ ।

भिसा लागेर गइसेकपछि अध्ययन गर्दा गर्दै छात्रवृत्ति पाउने अवसर हुन्छ की हुन्न ?

कलेज र विश्वविद्यालय अनुसार छात्रवृत्ति पाउने अवसर हुन्छ । हरेक सेमेष्टरमा विद्यार्थीले राम्रो नम्बर ल्याएको छ भने, कलेजले स्कलरसिप दिन सक्छ । यसका लागि विद्यार्थीले प्रत्येक सेमेष्टरमा राम्रो स्कोर ल्याउन आवश्यक छ । स्कलरसिपको सर्टिफिकेटले भविष्यमा धेरै मद्दत गर्दछ ।

यहाँबाट ABROAD मा गइसकेका विद्यार्थीलाई गाइड गर्ने काम कत्तिको गर्नुहुन्छ ?

एकदमै गर्छाैं, हामीबाट जतिपनि विद्यार्थी गएका छन् उनीहरु के गर्दैछन्, कसरी पढ्दैछन् ? उनीहरुको पढाइ र बसाई कस्तो छ ? लगायत उनीहरुलाई आइपर्ने कतिपय समस्या समाधान गर्न हामीले गाइड गर्ने गरेका छौं । जबसम्म विद्यार्थीले त्यहाँ कोर्ष पुरा गर्दैन, हामी गाइड गरिरहन्छौं ।

अन्तमा, इङ्गलीस काउन्सिललाई विद्यार्थीले किन विश्वास गर्ने ?

हामी प्रशिक्षित र अनुभवी छौं । हामी ब्यवहारिक वातावरणमा अनावश्यक झञ्झट रहित काम गर्दछौं । हामी ABROAD मा जाने तथा गइसकेका विद्यार्थीसँग पारिवारिक माहौलमा रहन्छौं । स्वदेश मात्र होइन, विदेशमा विद्यार्थीलाई आइपर्ने हरेक विषयमा सल्लाह र परामर्श दिन्छौं । हामीले बनाएका हरेक पेपरहरुमा सत्यता रहेको हुन्छ । जसले गर्दा हामीलाई विद्यार्थी र अभिभावकले विश्वास गर्नुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *