साउदीमा ३८ जना नेपालीलार्इ अलपत्र पार्ने कम्पनीलार्इ कारवाही

काठमाडाैं, साउन ४ । साउदीमा ३८ जना नेपालीलाई अलपत्र पार्ने तीन जुरे र इम्पावरमेन्ट नामका म्यानपावर कम्पनीलाई वैदेशिक रोजगार विभागले कारवाही गरेको छ ।

आज विभागमा बोलाई ती कम्पनीको कारोबार रोक्का गर्दै तत्काल उद्धार गर्न निर्देशन समेत दिएको छ । उता अलपत्र ३८ मध्ये १६ जना त्यहास्थित दुतावासको सम्पर्कमा पुगेका छन् ।

उनीहरुको तत्कालको खाने तथा बस्ने व्यवस्थाका लागि एनआरएन साउदीले पहल गरेको छ । हिजो मात्रै विभागले पिडितका आफन्तहरुसँग छलफल गरेको थियो ।

साउदीमा ३८ जना नेपाली अलपत्र परेको खवर सार्वजनिक भएसँगै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले तत्काल उद्धारको पहल गर्न, सम्बन्धित म्यानपावर कम्पनीलाई कारवाही गर्न विभागलाई निर्देशन दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *