बालकलाई यौन दुराचार गर्ने स्विस नागरिक पिटर प्रहरी नियन्त्रणमा

काठमाडौँ, साउन ४ । महानगरीय प्रहरी अपराध महाशाखाले १६ वर्षीय बालकलाई ललाईफकाइ यौन दुराचार गर्ने स्विस नागरिक पिटर क्रिश्चियन ल्यागेनड्रोफलाई पक्राउ गरेको छ ।

फेसबुक र म्यासेन्जरमार्फत् बालकलाई होटलमा बोलाएर यौन दुराचार गर्ने ६६ वर्षीय स्विस नागरिक ल्यागेनड्रोफलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

उनले ती बालकलाई काठमाडौं र भक्तपुरका विभिन्न होटलमा लगेर यौन दुराचार गर्ने गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ । ल्यागेनड्रोफले चुच्चेपाटीमा रहेको होटलमा समेत बालकलाई बोलाएर यौन दुराचार गरेका थिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा पिटरले यौन दुराचारको आरोप स्वीकार गरेका छन् । उनको भक्तपुर दरबार स्क्वायरमा रहेको वेलकम हेरिटेज ईन नामक होटलमा समेत लगानी रहेको छ भने उनले रसुवाको लाङटाङमा शिक्षासम्बन्धी काम गर्ने परियोजना चलाइरहेका थिए ।

पक्राउ परेका उनलाई प्रहरीले करणीअन्तर्गत मुद्दा चलाएको छ । मुलुकी ऐन जर्बजस्ती करणी सम्बन्धि मुद्दामा उनलाई ६ देखि १० वर्षसम्म कैद सजाय हुन सक्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *