“””ट्रिपर नियम”” को विरोधमा उत्रिए धादिङका ट्रिपर व्यावसायी, पृथ्वी राजमार्गमा प्रदर्शन !”

काठमाडौँ, साउन ४ । सरकारले काठमाडौँमा दिउँसोको समयमा ट्रिपर चलाउन रोक लगाएकोमा विरोध जनाउँदै ट्रिपर व्यवसायीले प्रदर्शन गरेका छन् ।

सरकारले काठमाडौँ उपत्यकामा राति ८ बजेदेखि बिहान ५ बजेसम्म मात्र ट्रिपर चल्न दिने निर्णय गरेपछि धादिङका ट्रिपर व्यवसायीले यसको विरोध जनाउँदै पृथ्वी राजमार्गको सिम्लेमा प्रदर्शन गरेका हुन् । धादिङका ८३ वटा ट्रिपर राजमार्ग छेउमा राखेर चालकहरुले प्रदर्शन गरेका हुन् ।

काठमाडौं उपत्यका छिर्ने ट्रिपरले दुर्घटना बढाएको भन्दै स्थानीय प्रशासनले साउन १ देखि राति ८ बजेपछि मात्रै ट्रिपर चल्न पाउने नियम लगाएको थियो । त्यसकै विरोधमा ट्रिपर चालकहरु आक्रोशित भइ सडकमा उत्रिएका हुन् ।

अन्य सवारी साधनजस्तै प्रक्रिया पुर्‍याएर दर्ता भएका ट्रिपरलाई रातिमा मात्र चलाउन दिनु न्यायसंगत नभएकाले आन्दोलनमा उत्रिएको सवारी चालक समाजका अध्यक्ष नारायणप्रसाद पन्तले बताए ।

‘कि ट्रिपर प्रतिबन्ध गर्नुपर्‍यो, होइन भने रातिमा मात्र चलाउने गरी नियम ल्याउन पाइदैन’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *