“गौरीगञ्ज गाउँपालिकामा ‘फ्रि’ वाइफाइ सेवा, अटोमेटिक “”डिस्कनेक्ट”” हुने व्यवस्था”

भद्रपुर, साउन ४ । झापाको दक्षिण क्षेत्रमा रहेको गौरीगञ्ज गाउँपालिकाले सर्वसाधारण जनतालाई सहज रुपमा इन्टरेनटमा पहुँच पुर्याउने उद्देश्यले निःशुल्क वाइफाइ सेवा शुरु गरेको छ ।

स्थानीयवासीलाई सूचना प्राप्त गर्न सजिलो होस् भन्ने उद्देश्यले परीक्षणको रुपमा यो सेवा शुरु गरिएको गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले बताए ।

निःशुल्क वाइफाइ सेवा पहिलो चरणमा गाउँपालिका कार्यालय, वडा नं ३ को कार्यालय र गौरीगञ्ज बजार क्षेत्रमा सेवा उपलब्ध हुने गाउँपालिकाका सूचना अधिकृत सुमन थापाले जानकारी दिएका छन् ।

हाल गाउँपालिका कार्यालयबाट चार सय मिटर टाढासम्म यो सेवा लिन सकिने र निकट भविष्यमै वाइफाइको रेञ्ज बढाएर एक किलोमिटर आसपाससम्म पुर्याइने सूचना अधिकृत थापाले बताए ।

‘अहिले हामी परीक्षणको चरणमा छौँ, सूचना अधिकृत थापा भन्छन्, “परीक्षण सफल भयो भने गाउँपालिकाका अन्य वडामासमेत यो सेवा विस्तार गर्ने लक्ष्य लिएका छौँ ।”

उनका अनुसार वाइफाइ सेवा २४ घण्टा नै फ्रि भए पनि यसको दुरुपयोग नहोस् भनेर हरेक सेवाग्राहीले ‘कनेक्ट’ गरेको एक घण्टापछि स्वतः ‘डिसकनेन्ट’ हुने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 4 =