गर्भवती श्रीमतीको सोनोग्राफी रिपोर्ट देखेपछि श्रीमान बेहोस, डाक्टरकै होसहवास उड्यो !

क्यानडामा एक व्यक्ति आफ्नी गर्भवती श्रीमतीको सोनोग्राफी रिपोर्ट हेरेपछि बेहोस भएका छन् । रिपोर्ट हेरेर डाक्टरसमेत चकित परेका छन् ।

यहाँको अलबर्टामा बस्ने टिम वेबले श्रीमती बेथानीलाई लिएर अस्पताल सोनोग्राफी गराउन गएका थिए । बेथानीको पेट देखेर टिमलाई लागेको थियो कि उनको पेटमा जुम्ल्याहा बच्चा हुन सक्छन् ।

रिपोर्ट देखेपछि भने टिमसहित डाक्टरकै होसहवास उड्यो । बेथानीको पेटमा ४ बच्चा थिए ।

ती पनि अन्य जुम्ल्याहा जस्तो होइन पूरै आइडेंटिकल (सबै कुरा हुबहु हुने) थिए । डाक्टरहरुका अनुसार डेढ करोड गर्भवती महिलामध्ये एक जना मात्र यस्तो दुर्लभ अवस्थामा हुन्छन् । केही महिनापछि बेथानीले चार हुबहु देखिने बच्चा जन्माइन् ।

एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 2 =