नक्कली सुन र गरगहनासहित चुच्चेपाटीबाट तीन जना पक्राउ

काठमाडौँ, साउन ४ । प्रहरीले जति ठूलो एक्सन लिएतापनि दिन प्रतिदिन सुन तस्करी बढीरहेको छ । कहिले नक्कली हुन्छ त कहिले सक्कली । आज (शुक्रबार) पनि काठमाडौँ प्रहरी परिसरले एक केजी नक्कली सुनको विस्कुट, बेरुवा औँठी र सिक्रिको बिक्रि गर्न भनी हिँडेकाहरुलाई पक्राउ गरेको छ ।

प्रहरी परिसरले विशेष सूचानाका आधारमा उनीहरुलाई बिहिबार चुच्चेपाटीबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौको जोरपाटी बस्ने २३ बर्षीका राज लामा तामाङ, नुवाकोट घर भई हाल जोरपाटी बस्ने २६ वर्षका म्लाङसिंह लामा र सोलुखुम्बु घर भई हाल कपन बस्ने टासी लाक्पा शेर्पा रहेका छन् ।

पक्राउ परेका मध्ये राज लामा यसअघि नै ठगी मुद्दा चलेका व्यक्ति हुन भने, टासी लाक्पा शेर्पा २०५८ सालमा आफ्नै फुपुको हत्या गरी कर्तब्य ज्यान मुद्दामा १० वर्ष जेल सजाय भुक्तान गरिसकेका व्यक्ति हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *