भरतपुर प्रकरण: मतगणना विवादको सनुवाई आज

काठमाडौं, साउन ९ । भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान वा मतगणना भन्ने बारेमा सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाई आज हुने भएको छ । हिजोका लागि हेर्दा हेर्दैमा राखिए पनि आज हुन लागेको हो । ।

भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुन मतदान गर्ने कि नगर्ने भन्ने बारेमा सर्वोच्च अदालतमा परेको मुद्दाको अर्को सुनुवाई सर्दै आएको छ । जेठ १४ गते मध्यरातमा मतगणना जारी रहेको बेला माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेपछि मतगणना स्थगित छ । भरतपुरका २९ मध्ये २७ वडाको गणना सम्पन्न भइसकेको छ ।

मतपत्र च्यातिएको वडा १९ को मतगणना पनि अन्तिम चरणमा थियो। मतपत्र च्यातिएपछि निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेको थियो। पुनः मतदानको निर्णयविरुद्ध एमालेका वडा नम्बर १९ का वडा सदस्य उम्मेदवार समेत रहेका गुन्जमान बिकले सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोच्चले निर्णय नसुनाउँदा चुनाव भएको २ महिना वित्दा पनि भरतपुरमा मेयर उपमेयर तथा केही वडाका अध्यक्ष र सदस्य चयन हुन सकेका छैनन । चुनाव जितेका वडा अध्यक्ष र सदस्यहरुले पनि काम गर्न पाएका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *