भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालको बैठक आज बस्दै

“
काठमाडौं, साउन ९ । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालको बैठक आज बस्दैछ । पार्टी स्थापना भएको एक बर्षको समिक्षा गर्दै भावी रणनीतिका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।
उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालबीचको एकीकरण प्रकृया अन्तिम चरणमा पुगेर रोकिएपछि त्यस विषयमा पनि छलफल हुनेछ । एकीकरणको लागि दुवै पक्षबाट गठन भएको वार्ता टोलीले आ–आफ्नो पार्टीमा प्रतिवेदन बुझाई सकेको छ ।
एकीकरणका लागि पार्टीका सिद्धान्त, विचार, नाम, झण्डा र चुनाव चिन्हको बारेमा समेत छलफल गरी दुवैतर्फबाट वार्ता समितिले आ–आफ्नो पार्टीलाई जानकारी गराइसकेको छ । अब केही प्राविधिक कुरा मात्र टुगों लगाउन बाँकी छ रहेको र त्यो अध्यक्षस्तरमा टुगों लगाउने गरि आज छलफल हुने नेता खिमलाल देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा संयोजक बाबुराम भट्टराईले भावी रणनीतिसहितको नीतिगत प्रस्ताव पेश गर्नुहुनेछ ।
“








