जिल्ला स्वास्थ्य र जनस्वास्थ्य कार्यालय असोजसम्म खारेज नहुने

काठमाडौं, साउन ४ । असोजसम्म जिल्ला स्वास्थ्य र जनस्वास्थ्य कार्यालय यथावत् रहने भएको छ । संघीय संरचना अनुसार खारेज हुन लागेका जिल्ला स्वास्थ्य र जनस्वास्थ्य कार्यालयहरु असोजसम्म याथवत रहने भएका हुन् ।

मन्त्रीपरिषद्को बिहिबारको निर्णयले संघीय संरचना अनुसार खारेज हुन लागेका जिल्ला स्वास्थ्य र जनस्वास्थ्य कार्यालयहरु असोजसम्म यथावत् राख्ने निर्णय गरेको हो ।

संघीयता कार्यान्वयनका क्रममा एकैपल्ट ती कार्यालय हटाइदा स्वास्थ्य क्षेत्र अस्तव्यस्त हुने आंकलन गर्दै सरकारले यथावत राख्ने निर्णय लिएको हो ।

मन्त्री परिषद्ले गत असार ३२ गते गरेको उक्त निर्णयअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परिपत्र गरेको छ । भनिएको छ, ‘असोजसम्म यथावत् रुपमा निरन्तरता दिने निर्णय भएकाले त्यही अनुसार कामकाज गर्न र समयमै प्रतिबेदन बनाउन अनुरोध छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =