छायाँछवि तीज म्युजिक अवार्डकाे लागि गीत दर्ता गर्न आब्हान

काठमाडाैं, साउन ४ । विगत ५ वर्षदेखि  निरन्तर हुदैँ अाएकाे छायाँछवि तीज म्युजिक अवार्डको पाँचौं संस्करण भदाै २५ गते हुने भएकाे छ । छायाँछवि क्रियशनले गर्दै अाएकाे तीज म्युजिक अवार्डका लागि तीज गीत दर्ता गर्न सार्बजनिक रुपमा आब्हान गरिएकाे छ ।

नेपाली खासगरी हिन्दु नारीहरुको महान् चाड तीजका अवसरमा आफ्नो सांस्कृतिक पक्षलाई उजागर गर्दै मनका वेदना, पीडा, उमङ्ग, खुशी एवं भावनालाई गीतका मार्फत प्रस्तुत गर्ने चलन छ ।

तीज बिशेष गीत बजारमा धमाधम अाउने क्रम जारी छ ।   ८०० देखी १००० गीत बजारमा अाउने गरेकाे बताइएकाे छ ।  यी नै तीजका श्रष्टाहरु पुरस्कृत होउन् र स्रष्टाले सम्मान तथा प्रोत्साहन पाउन भनेर तीज अवार्ड गर्ने गरेको कार्यक्रमकी संयोजक गीता अधिकारीले बताइन् ।

छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले पाँचौं तीज म्युजिक अवार्डमा तीजका विभिन्न ३० विधामा स्रष्टालाई पुरस्कृत गरिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *