अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा रुसी राष्ट्रपति पुटिनलाई अमेरिका भ्रमणको निम्तो
२०७४ जेठ १५ गते

“
काठमाडौं, साउन ४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई अमेरिका भ्रमणको निम्तो दिएका छन् । ट्रम्पले पुटिनलाई शरद ऋतुमा अमेरिका भ्रमणको निम्तो दिएको उनको प्रेस सचिवलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
पुटिनको अमेरिकी भ्रमणका बारेमा यस अघि नै छलफल भएको प्रेस सचिवले बताएका छन् । यस अघि ट्रम्प र पुटिनबीच फिनल्याण्डमा दुई पक्षीय वार्ता भएको थियो ।
वार्तामा अमेरिकामा भएको राष्ट्रपतीय चुनावमा रुसले कुनै दख्खल नदिएको ट्रम्पले बताएका थिए । तर त्यसको भोलिपल्टै ट्रम्पले बोली फेर्दै रुसले केही दख्खल दिएको बताएका थिए ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








