डाक्टर केसीकाे अनशन काठमाडाैंमा पनि जारी, सरकार र केसीपक्षबिचकाे वार्ता अन्याैलमा

काठमाडाैं, साउन ४ । काठमाडाैंमा अाएरपनि डाक्टर गोविन्द केसीले अाफ्नाे अनशन जारी राखेका छन् । अाज अनशनकाे २१ अाैं दिनकाे  हाे । हिजो जुम्लाबाट काठमाडाैं अाएका केसीले शिक्षण अस्पताल महाराजगञ्जमा अनसन जारी राखेका हुन् ।

आज सरकारी वार्ता टोलीले केसीपक्षसँग वार्ता गर्ने तयारी गरेको छ । माथेमा आयोगको प्रतिवेदन जस्ताको त्यस्तै पारित गर्न नहुने निष्कर्षमा पुगेको सरकारले आफ्नो तर्फबाट पूरा गर्न सकिने मागको सूची केसीपक्षलाई जानकारी गराउने तयारी गरेको छ ।

वार्ताको समय भने तय भइ नसकेको शिक्षा मन्त्रालयले जनाएको छ । केसीको समर्थनमा देशभरका विभिन्न स्वास्थ्य संस्थामा बहिरंग विभाग बन्द भएका छन् । चिकित्सकहरुको आन्दोलनका कारण बिरामीभने मर्कामा परेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *