चुनावी समिक्षा गर्न बसेको कांग्रेस केन्द्रीय समितिको बैठक आजपनि जारी

काठमाडौं, साउन ९ । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । बैठकमा चुनावी समिक्षा, मन्त्रिपरिषद गठन र पार्टी सञ्चालनका विषयमा छलफल भइरहेको छ ।

हिजोसम्म चुनावी समिक्षा गर्ने क्रममा नेताहरुले पार्टी नेतृत्वको आलोचना गरेका छन् । तीन दिनदेखि जारी काँग्रेसको केन्द्रीय समितिको बैठकमा बोल्ने अधिकांस नेताहरुले नेतृत्वप्रति प्रश्न उठाएका हुन् । स्थानीय तहको चुनावमा पार्टी कमजोर भएको जिम्मेवारी पार्टी नेतृत्वले लिनुपर्ने केन्द्रीय सदस्यको भनाइ छ ।

बैठकमा सभापति देउवाले स्वयं पार्टीभित्र अन्तरर्घात भएको विषयलाई स्वीकार गर्दै यसपटकको चुनावमा यसप्रति सचेत रहने धारणा राख्नुभएको थियो । सभापति पछि बोल्ने अधिकाँश नेताहरुले पार्टी नेतृत्व जिम्मेवार हुनुपर्ने धारणा राख्दै सभापतिको आलोचना गरेका छन् ।

काग्रेस नेता बालकृष्ण खाँडले बैठकमा चुनावी समिक्षापछि आज आगामी रणनीतिका विषयमा छलफल भइरहेको सीआईएनलाई जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *