मेगा बैंकका अध्यक्ष भोज बहादुर शाहले लिए सपथ ग्रहण

काठमाडौँ, साउन ३ । मेगा बैंक नेपाल लिमिटेडको सातौं वार्षिक साधारण सभाले नयाँ संचालक समिति चयन गरेको छ ।

मेगा बैंकको शुक्रबार राति काठमाडौँमा सम्पन्न साधारण सभाले आगामी चार बर्षका लागि ६ सदस्यीय नयाँ संचालक समिति चयन गरेको हो ।

साधारण सभामा छलफल तथा अनुमोदनका लागि पेश भएका सम्पूर्ण प्रस्ताब सभाले पारित गरेको थियो । वार्षिक साधारण सभाबाट बैंकको चुक्ता पुँजीको १०.७५ प्रतिशत बोनस शेयर पारित गर्ने निर्णय गरेको थियो ।

साथै सर्वसम्मतीबाट बैंकको अध्यक्षमा चयन भएका भोज बहादुर शाहले नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपाल समक्ष संचालक समितिको अध्यक्षको सपथ लिएका थिए ।

चुक्ता भएको साधारण शेयरको आधारमा मेगा बैंक वाणिज्य बैंकहरु मध्येकै दोस्रो ठुलो बैंकको रुपमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *