जुम्लाबाट काठमाडौँ ल्याइएका गोविन्द केसी शिक्षण अस्पतालमा

काठमाडौँ, साउन ३। २० दिनअघिदेखि जुम्लामा अनसनरत प्राध्यापक डा. गोविन्द केसीलाई विहिबार साँझ काठमाडौं ल्याइएको छ ।

केसीलाई नेपाली सेनाको हेलिकोप्टरबाट बिहीबार साँझ ६ः४५ बजे टुँडिखेलमा अवतरण गरेको थियो । त्यहाँबाट केसीलाई एम्बुलेन्समा लगेर त्रिवि शिक्षण अस्पतालमा राखिएकोे छ ।

केसीलाई शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचार गरिदैछ । जुम्लामा प्रहरी र डा केसीको समर्थकबीच झडप हुँदा एक प्रहरी सहित दर्जनौँ घाइते भएका थिए । ।

झडपमा प्रहरीले लाठी चार्ज गर्दै अश्रु ग्यासको प्रयोग समेत गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *