नेपाली युवालाई तालिम दिन सहयोग गर्न डिएफआइडीसँग श्रममन्त्री विष्टको आग्रह

काठमाडौँ,साउन ३ । वैदेशिक रोजगारीमा जाने वाध्यता हटाउने र जाने युवालाई पनि सिप तालिम दिलाएर मात्रै पठाउने घोषणा गरेका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सहयोग माग्न थालेका छन् ।

तालिम सेन्टर निर्माण तथा विदेश जाने युवालाई सिप तालिममा सहयोग गर्न मन्त्री विष्टले बिहिबार पनि डिएफआइडीका नेपाल प्रमुख रुरिक मार्सडेनलाई पनि यो अभियानमा सहयोग गर्न आग्रह गरे ।

यस अघि गत शुक्रबार नेपालका लागि जापानका नव नियुक्त राजदूत मासामिचि साइगोसँगको भेटमान पनि मन्त्रीले यस्तै आग्रह गरेका थिए । मन्त्रीले जापािनसँग सरकारले नै कामदार पठाउने गरी सम्झौता गर्न पनि आग्रह गरेका थिए ।

बेरोजगारको तथ्याङक संकलन र अभिलेखीकरण, विभिन्न क्षेत्रमा उपलब्ध हुनसक्ने रोजगारीका अवसरहरु पहिचान तथा रोजगारीका नयाँ क्षेत्रको आँकलन गरी रोजगारी सिर्जना गर्न स्थानीय तहसँग समेत समन्वय र सहकार्य गर्नेगरी आवश्यक रणनीतिहरु तर्जुमा भईरहेको मार्सडेनलाई जानकारी गराए ।

सबै स्थानीय तहमा रोजगार सूचना केन्द्रको स्थापना गर्ने सोंक्चका साथ आवश्यक तयारी भईरहेको जब पार्टलको निर्माण गरी श्रमको माग र आपूर्तिबिच लिंक गराउने तयारी भईरहेको मन्त्री विष्टले बताए ।

अरुले जस्तै गरी मार्सडेनले पनि मन्त्री विष्टलाई सहयोग गर्ने आश्वसन दिएका छन् ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *