नेपाली दूतावास मलेसियामा मानव संसाधन मन्त्री पुगे, नेपाली कामदार बारे छिट्टै निर्णय लिने

काठमाडौँ, असार ३ । मलेसियाका मानव संसाधन मन्त्री एम कुला सेगरनले नेपाली कामदारको विषयमा उचित समयमा निर्णय लिइने बताएका छन् ।

बिहिबार मलेसियास्थित नेपाली दूतावासमा पुगेर कार्यवाहक राजदूत कुमारराज खरेलसँग भेट गर्दै नेपाली कामदारको विषयमा चासो राखेका हुन् ।

भेटमा कार्यवाहक राजदूत खरेलले नेपाली कामदार मलेसिया आउने क्रममा विभिन्न संस्थाबाट ठगीएकाले रोकिएको बताए । मलेसिया जाने नेपाली कामदारले तिर्नु परेको शुल्क घटाउन मलेसिया सरकारलाई आग्रह गरिएकोले यस विषयमा सकरात्मक कदम चालिदिन कार्यवाहक राजदूतले आग्रह गरे ।

नेपाली कामदारको पहिलो रोजाईको गन्तव्य मलेसिया भएको भन्दै नेपाल सरकार यसलाई चाँडै सल्टाउन इच्छुक रहेको खरेलले जानकारी गराए । दुई देशबिच प्रस्ताव गरिएको श्रम सम्झौतालाई अगाडि बढाउन समेत नेपालले आग्रह गरेको छ ।

मन्त्रीले यस विषयमा अन्य मन्त्रालय र निकायहरुसँग छलफल गरेर उययुक्त निर्णय गर्ने बताएका छन् । यस विषयमा छलफलका लागि आगामी मंगलबार मानव संसाधन मन्त्रालयमा छलफलका लागि बोलाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *