जुम्ला अस्पतालमा भएको झडपमा प्रहरी मृत्युको खबर हल्ला मात्र !

जुम्ला साउन ३ । जुम्ला अस्पतालमा गोली चल्दा एक प्रहरी सहित दर्जनौँ घाइते भएका थिए । केहि बेर पछि उनको मृत्यु भएको खबर फैलिएको थियो ।

तर यो खबर झुटो साबित भएको छ । उनको मृत्यु नभइ उनी गम्भिर घाइते भएको प्रहरीले जनाएको छ ।

बिहिबार काठमाडौँबाट सुरक्षा टोलिसहितको सरकारी टोली जुम्लामा अनसनरत डा. गोविन्द केसीलाई काठमाडौँ ल्याउनका लागि जुम्ला प्रस्थान गरेको थियो ।

तर त्यहाँका स्थानिय बासिन्दा र केही विद्यार्थीहरुले केसीलाई काठमाडौँ ल्याउन नदिने भन्दै अवरोध सिर्जना गरेका थिए । यसैबीचमा त्यहाँका प्रहरी र डा. गोविन्दको समर्थकबीच झडप भएको थियो ।

झडपमा प्रहरीले लाठीचार्र्ज गर्दै अश्रु ग्यासको प्रयोग समेत गरेको थियो ।

झडप हुँदा तीन जना डाक्टरसहित दर्जनौँ घाइते भएका थिए । त्यसै क्रममा अस्पतालमा गोली चलेको थियो । गोली चल्दा एक प्रहरी घाइते भएका थिए । उनको मृत्यु भएको खबर फैलिएको थियो । तर उनको अवस्था गम्भिर मात्र भएको मृत्यु नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *