वीर अस्पतालमा सेवाग्राहीको प्रर्दशन, सबै सेवा सञ्चालन गराउन माग

काठमाडौं, साउन ३ । अस्पतालको सबै सेवा सूचारु गराउन माग गर्दै वीर अस्पतालमा सेवाग्राहीहरुले विहिबार प्रर्दशन गरेका छन् ।

अस्पताल परिसरमा प्रदर्शनको क्रममा उनीहरुले बिरामीको स्वास्थ्यमाथि खेलबाड गर्ने काम चिकित्सकहरुले बेलाबेलामा गरिरहेकोमा आपत्ति जनाउँदै तत्काल सबै सेवा सञ्चालन गराउन माग गरेका हुन् ।

वरिष्ठ चिकित्सक गोविन्द केसीको माग सम्बोधन गर्न दबाब दिँदै नेपाल चिकित्सक संघको आह्वानमा आजबाट देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएपछि बिरामी र बिरामीका कुरुवाहरुले सास्ती व्यहोर्नु परेको छ ।

चिकित्सकहरुले पदीय दुरुपयोग गरेको भन्दै बिरामी कुरुवाहरुले आफ्नो बिरामीको जीवनमाथि खेलवाड गर्ने चिकित्सकहरुले तत्काल क्षतिपूर्ति दिनुपर्ने माग पनि गरेका छन् ।

गोविन्द केसीको माग जायज भएपनि पूर्व मेचीदेखि महाकालीसम्मका उपचारका लागि आएका विरामीहरुलाई उपचार गर्न छोडेर डाक्टरहरुले महाअपराध गरेको सेवाग्राहीहरुको भनाई छ । उनीहरुले विरामीहरुको उपचारमा चिकित्सकहरु नर्फकिए उनीहरुविरुद्ध आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिएका छन् ।

सेवाग्राहीहरुले अस्पताल बन्द गरेर चिकित्सकहरुले बिरामीमाथि खेलबाड गर्न नहुनेतर्फ पनि सचेत गराएका छन् । उनीहरुले डा केसीको माग सम्बोधन गराउन आफूहरु पनि आन्दोलनमा जाने तर अस्पतालको सेवा तत्काल खुलाउनुपर्ने माग पनि चिकित्सकहरुसँग राखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *