सूचना टाँसेर संसद बैठक एक हप्ताका लागि स्थगित

काठमाडौँ, साउन ३ । प्रतिनिधिसभाको बैठक सूचना टाँसेर संसद बैठक स्थगित गरिएको छ । बिहिबार १ बजेका लागि बोलाईएको बैठक संसद सचिवालयले सूचना टाँसेर साउन ११ गते सम्मका लागि स्थगित हो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बिहीबारको बैठक अवरोध गर्ने जनाएको थियो ।

आजको बैठकमा बीमा विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव माथि सांसद प्रेम सुवालले प्रस्तुत गरेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने र अर्थमन्त्री युवराज खतिवडाले बीमा विधेयक २०७५ प्रस्तुत गर्ने कार्यतालिका थियो ।

 

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =