विमानस्थल निरिक्षण गर्न पुगेका प्रधानमन्त्रीलाई कालोझण्डा देखाउने २५ विद्यार्थी पक्राउ

पोखरा, साउन ३ । पोखरा विमानस्थल निरीक्षण गर्न पोखरा पुगेको प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने २५ विद्यार्थी पक्राउ परेका छन् ।

पोखरा विश्वविद्यालयको १५ औँ साधारणसभामा भाग लिन गएका प्रधानमन्त्रीलाई विभिन्न ठाउँमा कालोझण्डा देखाउन खोज्ने नेपाल विद्यार्थी संघ र नयाँ शक्ति पार्टीका २५ विद्यार्थीहरु पक्राउ परेका हुन् ।

नयाँ शक्तिका विद्यार्थीहरुले प्रदेशसभा बाहिर कालोझण्डा देखाउने तयारी गरेका थिए भने नेविसंघका विद्यार्थीले पोखरामा विभिन्न ठाउँमा प्रधानमन्त्रीलाई कालोझण्डा देखाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *