माइतीघर मण्डला र जुम्लामा सरकारको ज्यादती – सभापति देउवा

“काठमाडौँ, ३ असार । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले माइतीघर मण्डला र जुम्ला घटनामा सरकारले ज्यादती गरेको बताएका छन् ।

सभापति देउवाले डा केसीले उठाएका सबै माग र उनको स्वास्थ्य उपचारमा सरकारले ध्यान दिनुपर्ने बताएका छन् ।

यसअघिको सरकारले संसद्मा पेश गरेको चिकित्सा शिक्षा अध्यादेशको हुबहु विधेयक संसदमा ल्याइनुपर्ने देउवाको माग छ ।

संसद् परिसर नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठक सारिएकोमा प्रतिक्रिया दिँदै सभापति देउवाले असन्तोष प्रकट गरे ।

प्रतिनिधिसभाको आजको बैठक संघीय संसद् भवन बाहिर सूचना टाँस गरी साउन ११ गते शुक्रबारसम्मका लागि सारिएको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + eight =