डा. केसीलाई काठमाडौँ ल्याइयो

सुर्खेत, ३ साउन । बिसौँ दिनदेखि जुम्लामा अनशनरत वरिष्ठ चिकित्सक डा गोविन्द केसी सरकारले बल प्रयोग गरेर काठमाडौँ ल्याएको छ । सरकारी हेलिकोप्टरमा आउन नमानेका केसीलाई सेनाको हेलिकोप्टरमै ल्याइएको हो । तर डाक्टर केसीले भने काठमाडौँमा पनि सत्याग्रह भने जारी राख्ने बताइ सकेका छन् ।

काठमाडौँ आउन तयार भएपनि डा केसीले सरकारी हेलिकोप्टर प्रयोग नगर्ने बताएपछि सरकारले बल प्रयोग गरेको हो ।
डा केसीले आजै जुम्लामा पत्रकार सम्मेलन गरी आफ्ना समर्थकहरु कुटिएको र प्रतिष्ठानमा ठूलो क्षति पुगेको कारण देखाउँदै काठमाडौँ जाने निर्णय सार्वजनिक गरेका थिए ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव एवं सरकारी वार्ता टोलीका संयोजक खगराज बराल नेतृत्वको टोली डा केसीको स्वास्थ्य स्थिति बुझ्न आज बिहान ११ बजे जुम्ला पुगेको थियो । जुम्ला पुगेको संघीय सरकारको वार्ता टोली र कर्णाली प्रदेश सरकारलाई आन्दोलनकारीहरुले असहज अवस्था सृजना गर्दा वार्ता हुन सकेन ।

डा केसीका समर्थक र प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीहरुले मुख्यमन्त्रीसहित सरकारी वार्ता टोलीलाई अवरोध गरी तोडफोड शुरु गरेपछि केही समय जुम्लाको स्थिति असामान्य बन्यो । स्थितिलाई नियन्त्रणमा ल्याउन प्रहरीले गोली चलाउँदा प्रहरीको ज्यान गएको छ । जवान कमल उपाध्यायको ज्यान गएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *