नेपाललाई शैक्षिक गन्तव्य बनाउनुपर्छ: परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौँ, साउन ३ । नेपाललाई शैक्षिक गन्तव्यका रुपमा स्थापित गर्नुपर्ने परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले बताए ।

भृकुटिमण्डपमा आजबाट सुरु नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले आयोजना गरेको मेलालाई सम्बोधन गर्दै मन्त्री विष्टले संघले नेपालमा विदेशी विद्यार्थी भित्र्याउन भूमिका खेल्नुपर्ने बताए ।

‘नेपाली विषयको सम्भाव्यताको खोजी गर्नु हाम्रो दायित्व हो ।’ ज्ञवालीले भने ।

विदेश अध्ययन गर्न जाने विद्यार्थी र अभिभावकलाई सही परामर्श दिने उदेश्यले मेलाको आयोजना गरिएको इक्यानका अध्यक्ष विष्णुहरी पाण्डेले बताए ।

‘सही परामर्श विद्यार्थीले पाए मात्र उनीहरु सही गन्तव्यमा पुग्न सक्छन् ।’ पाण्डेले भने । विदेशमा अध्ययन गरिसकेपछि नेपालमा कसरी उपयोग गर्ने भन्ने परामर्श पनि दिइने उनले जानकारी दिए ।

आफ्नो छुट्टै पहिचान बनाइसकेको इक्यानले नेपालकै सबैभन्दा ठूलो शैक्षिक मेलाको आयोजना गर्न सफल भएको इक्यानका केन्द्रिय सचिव दिपकराज भुषालले जानकारी दिए ।

मेलामा उद्देश्य के हो ?

विशेष गरी वैदेशिक शिक्षाका लागि जान चाहने विद्यार्थी र अभिभावक लक्षित मेलामा उनीहरुले थुप्रै जानकारीहरु लिन सक्छन् ।

विदेश जाने प्रक्रिया के छ, कस्ता कन्सल्टेन्सीबाट परामर्श तथा सेवा लिँदा उचित हुन्छ लगायतका जानकारी मेलाबाट पाउन सकिन्छ । मेलामा एकै छानामुनि बसेर विद्यार्थी तथा अभिभावकले थुप्रै कन्सल्टेन्सीबाट जानकारी लिन सक्छन् । जसका लागि उनीहरुले धेरै ठाउँमा धाइरहनु पर्दैन ।

साथै विदेशी विश्वविद्यालयका प्रतिनिधि समेत सहभागी हुने यस मेलाबाट छात्रबृत्तिका लागि समेत विद्यार्थीहरुले अवसर पाउन सक्छन् । जसका लागि समय र पैसा दुवैको बचत हुने गर्छ ।

मेलामा ३ सय भन्दा बढी स्टलहरु राखिएका छन् । यस मेला ३ गतेदेखि ६ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *