ऐतिहासिक चलचित्र ‘तानाजी– द अनसंग वारियर’ मा अजय देवगन

काठमाडौं, साउन ९  भारतीय अभिनेता अजय देवगन आगामी ऐतिहासिक चलचित्र ‘तानाजी– द अनसंग वारियर’ मा सुबेदार तानाजी मालुसरेको भूमिकामा देखिनेछन् । तानाजी मालुसरे १७ औ शताब्दीका मराठी साम्राज्यका संस्थापक शिवाजीको सेनामा सैन्य नेता थिए ।

जीन्युजका अनुसार अजयले आफ्नो चलचित्रको पहिलो पोस्टर सार्वजनिक गरेका छन् । ओम राउतद्वार निर्देशित यो चलचित्रको पहिलो झलकमा अजय मराठी योद्धाको अवतारमा युद्धभूमिमा देखिएका छन् ।

सन् २०१६ को ‘शिवाय’ मा देखिएका अजय देवगनको चलचित्र ‘बादशाहो’ पनि यसै वर्ष सेप्टेम्बरमा रिलिज हुँदैछ । जसको ट्रेलर रिलिज भइसकेको छ । यसबाहेक उनी चलचित्र ‘गोलमाल अगेन’ मा देखिनेछन्, जसको सुटिङ पूरा भइसकेको छ ।

अजयले पोस्टर सार्वजनिक गर्दै तानाजी भारतीय इतिहासका गुमनाम योद्धामध्ये एक भएको बताएका छन् । तानाजी आफ्ना राजा  पोस्टर सार्वजनिक गर्दै तानाजी भारतीय इतिहासका गुमनाम योद्धामध्ये एक भएको बताएका छन् । तानाजी आफ्ना राजा छत्रपति शिवाजी, आफ्नो भूमि र जनताका लागि लडेका थिए । चलचित्र सन् २०१९ मा रिलिज हुनेछ । राउतलाई ‘लोकमान्यः एक युगपुरुष’ को निर्देशनका लागि चिनिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *